Kathmandu Press

‘कर्णालीमा यही सरकारले निरन्तरता पाउँछ’

शुक्रबार सुर्खेतमा पत्रकारहरुसँगको कुराकानीमा उनले मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वको सरकार रहने बताउँदै कांग्रेस सरकारमा सहभागी हुने बताए।
‘कर्णालीमा यही सरकारले निरन्तरता पाउँछ’

सुर्खेत, चैत २४ : माओवादी केन्द्रका नेता जनार्दन शर्माले कर्णाली प्रदेशमा वर्तमान सरकारले नै निरन्तरता पाउने बताएका छन्। शुक्रबार सुर्खेतमा पत्रकारहरुसँगको कुराकानीमा उनले मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वको सरकार रहने बताउँदै कांग्रेस सरकारमा सहभागी हुने बताए।

सत्ता गठबन्धन दलको केन्द्रीय स्पष्ट नीति र निर्देशनअनुसार कर्णाली प्रदेश सरकार सञ्चालन हुने पूर्वमन्त्री शर्माले बताए। यसका लागि कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँग पनि सरकारलाई कसरी लैजाने भन्ने विषयमा छलफल भएको उनले बताए।

‘कर्णालीमा सरकार यही रहन्छ तर सहभागिता बदलिन्छ । अहिले भएको अलमल अन्त्य गरेर सरकार अगाडि बढाउने छौं,’ उनले भने, ‘कांग्रेसले केही मन्त्रीको नाम दिन बाँकी रहेकाले संघीय सरकारले अझै पूर्णता प्राप्त गर्न सकेको छैन। सरकारले ल्याएका नीतिगत कुरा महत्वपूर्ण छन् । प्रशासनिक सुधारका लागि विकास विशेष अधिकार सम्पन्न समिति बनेको छ । काम भइरहेको छ।’

उनले कर्णालीको ठूला भौतिक पूर्वाधार प्रदेश सरकारले गर्न सम्भव नभएको बताए ।

प्रकाशित मिति: १७:५५ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्