Kathmandu Press

नेपाल आँखा अस्पतालमा हालसम्म १ लाख २५ हजार बढीकाे आँखा शल्यक्रिया

अस्पताल स्थापनाको स्वर्ण महोत्सव शुभारम्भको अवसरमा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको र एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरिएको जनाएको हो।
नेपाल आँखा अस्पतालमा हालसम्म १ लाख २५ हजार बढीकाे आँखा शल्यक्रिया

काठमाडाैं, चैत २४ : नेपाल आँखा अस्पतालले हालसम्म एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरेको जनाएको छ।

अस्पताल स्थापनाको स्वर्ण महोत्सव शुभारम्भको अवसरमा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको र एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरिएको जनाएको हो।

अस्पतालबाट १४ जना नेत्र विशेषज्ञ लगाएत १२९ जना कर्मचारीबाट आँखा सेवाको विशिष्टकृत सेवा प्रदान गर्दै आएको अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिए।

चालू आर्थिक बर्षको ८ महिनामा ९४ हजार ३ सय ४६ जनालाई सेवा प्रदान गरिएको र ५ हजार १३ जनाको शल्यक्रिया भइसकेको उहाले बताए। उनले अस्पतालको चारवटा शाखाबाट पनि सेवा प्रवाह भइरहेको जानकारी दिए। हाल अस्पतालबाट दैनिक चारसय देखि सात सय बिरामीले बहिरङ्ग सेवा लिने गरेको उनले बताए।

डाक्टर पोखरेलले देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँगको सहकार्य जरुरी भएको बताए। अस्पतालको विसं २०३० चैत २६ मा स्थापना भएको थियो। 

प्रकाशित मिति: १७:२० बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्