Kathmandu Press

सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको रुप : अध्यक्ष नेपाल

समाजमा छरिएका स–साना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको रुप : अध्यक्ष नेपाल

काठमाडौं, चैत २४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको बताएका छन्।

समाजवादी सहकारी सङ्गठन नेपालद्वारा आज आयोजित कार्यक्रममा उनले सहकारीले आममानिसको हितमा काम गर्नुपर्ने बताउँदै यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी निजी र राज्य सम्मिलित तीनखम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताए।

समाजमा छरिएका स–साना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए। अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएकामा चिन्ता व्यक्त गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा समेत यसलाई सम्बोधन गरिएको बताए।

प्रकाशित मिति: १७:०० बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्