स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै डा. कोइरालाले भने- अवसरवादीबाट सावधान होऔं
नेपाल सार्वजनिक सेवा कर्मचारी संघको शुक्रबारदेखि काठमाडौंंमा शुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा कांग्रेस नेता डा.कोइरालाले उक्त भनाइ राखेका हुन्।
काठमाडौं, चैत २४ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तनहुँ १ का रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेप्रति कटाक्ष गर्दै अवसरवादीबाट सावधान हुनुपर्ने बताएका छन्।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघको शुक्रबारदेखि काठमाडौंंमा शुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा कांग्रेस नेता डा.कोइरालाले उक्त भनाइ राखेका हुन्।
उनले पार्टीभित्र अवसरवादी बढेको भन्दै चिन्ता पनि व्यक्त गरे। कोइरालाले भने, ‘सावधान है एउटा कुरा, अवसरवादीहरूबाट जोगिनुहोला। अवसरवादीहरूबाट सावधान हुनुहोस्। म त सावधान भइसकेँ। तपाईँहरू पनि सावधान हुनुस्, मैले भन्ने यत्ति हो।’
उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै कार्यकर्ता सावधान हुनुपर्ने आवस्यकता रहेको पनि औंल्याए।
नेता कोइरालाले पार्टीका लागि अवसरवादीहरु वाधक रहेको पनि बताए। उनले यस्ता अवसरवादीबाट चनाखो रहनसमेत कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरे। कोइरालाले संघको राष्ट्रिय महाधिवेशन सफल रूपमा सम्पन्न गर्न पनि शुभकामना दिए।











