महानगरको डोजर आउने भएपछि अव्यवस्थित बसोबासीले गरे सडक अवरोध
सुकुम्बासी बस्तीका युवाहरुले बानेश्वर बहुमुखी क्याम्पसनजिकै वाग्मती करिडोर सडकमा टायर र ढुंगा थुपारेर अवरोध गरेका हुन्। सडकमा टायर पनि बालिएको छ। उनीहरुले महानगरले बस्ती भत्काए प्रतिकार गर्ने बताएका छन्।
काठमाडौं, चैत २४ : काठमाडौं महानगरको टोली डोजरसहित आउने सूचना पाएपछि तीनकुने गैरीगाउँस्थित वमग्मती नदी किनारमा अव्यवस्थित बसोबासीले सडक अवरोध गरेका छन्।
सुकुम्बासी बस्तीका युवाहरुले बानेश्वर बहुमुखी क्याम्पसनजिकै वाग्मती करिडोर सडकमा टायर र ढुंगा थुपारेर अवरोध गरेका हुन्। सडकमा टायर पनि बालिएको छ। उनीहरुले महानगरले बस्ती भत्काए प्रतिकार गर्ने बताएका छन्।
जसका कारण महानगरपालिकाको टोलीले डोजर अगाडि बढाउन सकेको छैन। झडपको सम्भावना देखिएपछि सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन्।
महानगर प्रहरीले नदीकिनारको अव्यवस्थित बस्ती हटाउन सूचना निकालेको छ। तथापि गत शुक्रबार अदालतले तत्काल नदी किनारका संरचना नभत्काउन आदेश दिएको छ।
प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार