Kathmandu Press

राष्ट्रहितबाहिर गएर कुनै पनि विधेयक अघि बढ्दैन : सञ्चारमन्त्री शर्मा

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले दूरसञ्चार ऐनलाई लिएर भ्रमपूर्ण विषय बाहिर आइरहेको भन्दै राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नवढ्ने बताएकी हुन्।
राष्ट्रहितबाहिर गएर कुनै पनि विधेयक अघि बढ्दैन : सञ्चारमन्त्री शर्मा

काठमाडाैं, चैत २४ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रहितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नबढ्ने स्पष्ट पारेकी छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले दूरसञ्चार ऐनलाई लिएर भ्रमपूर्ण विषय बाहिर आइरहेको भन्दै राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नवढ्ने बताएकी हुन्।

मन्त्री शर्माले दूरसञ्चार विधेयक प्रारम्भिक मस्यौदा तयारीको अवस्थामा रहेकाले गलत काम हुन नदिने र गर्न नदिनेमा आफु स्पष्ट रहेको जिकिर गर्नुभयो।

दूरसञ्चार ऐनलाई अन्तिम रुप दिनका लागि सरोकारवालाहरुसँगको छलफल र यसअघिको कानूनलाई टेकेर मात्रै अघि बढ्ने उनले बताइन्।

दूरसञ्चार ऐन २०५३ लाई खारेज गरेर नयाँ दूरसञ्चार विधेयक तर्जुमा गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट स्वीकृति प्राप्त गरिसकेको जानकारी दिदै मन्त्री शर्माले उक्त विधेयकको विषयमा प्रारम्भिक मस्यौदा तयार गर्न छलफल सुरु भएको बताइन्।

त्यस्तै उनले दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गरी सर्वसुलभ र सबैको  पहुँचमा पुर्‍याउन काम भइरहेको जानकारी दिए। 

प्रकाशित मिति: १६:१८ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्