Kathmandu Press

विदेशमा मृत्यु भएकाको परिवारले पाउने बिमा रकममा ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मृत्यु बीमाबापत ठगी गरेको भन्दै बैदेशिक रोजगार बोर्डका एक कर्मचारीसहितको गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको हो।
विदेशमा मृत्यु भएकाको परिवारले पाउने बिमा रकममा ठगी गर्ने गिरोह पक्राउ

काठमाडाैं, चैत २४ : वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएकाहरुको परिवारले पाउने बिमा रकममा ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मृत्यु बीमाबापत ठगी गरेको भन्दै बैदेशिक रोजगार बोर्डका एक कर्मचारीसहितको गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको हो।

पक्राउ परेका उनीहरुले विदेशमा मृत्यु भएकाहरुको परिवारलाई सहज रुपमा बीमाबापतको रकम उपलव्ध गराइदिने भन्दै बीमा रकम प्राप्त भएपछि आधा मात्रै परिवारलाई बुझाउने पाइएको प्रहरीले जनाएको छ।

त्यस्तै बीमा रकम प्राप्तिका लागि सेटिङ गराएबापत बैदेशिक रोजगार बोर्डका एक कर्मचारीले पनि कमिशन लिने गरिएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए।

पक्राउ पर्नेमा एक सरकारी कर्मचारीसहित काभ्रेका रामबहादुर तामाङ, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले रहेका छन्।

पक्राउ परेकाहरुबाट नागरिकता, राहदानी, मृत्यु दर्ता लगाएतका कागजात बरामद भएको प्रहरीले जनाएको छ। बिमा रकममा ठगी गर्ने बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: १५:४४ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्