Kathmandu Press

विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याइनेछ : उद्याेगमन्त्री रिजाल

शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याउन लागेको भन्दै उक्त नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने बताएका हुन्।
विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याइनेछ : उद्याेगमन्त्री रिजाल

काठमाडौं, चत २३ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताएका छन्। 

शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याउन लागेको भन्दै उक्त नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने बताएका हुन्। उनले अझै पनि धेरै क्षेत्र विज्ञापन संघको दायराभन्दा बाहिर रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको बताए।

मन्त्री रिजालले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेपनि विज्ञापन आउन नसकेको बताउनु भयो। उहाँले त्यसलाई पनि कानुनी दायरामा ल्याएर आवश्यक रहेको बताए। उनले विज्ञापनको क्षेत्रमा आफूलाई सबै विषय जानकारीमा नभएको भन्दै व्यवसायीहरुको सल्लाह सुझावको माग समेत गरे। मन्त्री रिजालले विज्ञापन व्यवसायीहरुलाई परेको समस्या समाधानका लागि सहयोग गर्न सरकार तयार रहेको बताए।

कार्यक्रममा राष्ट्रिय विज्ञापन संघ नेपालका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले देशभर छरिएर रहेका विज्ञापन एजेन्सीलाई एउटै मालामा गाँसेर सबैको हितका लागि सहकार्य गरेको बताए। उनले नेपालमा रहेको बेरोजगारी समस्यालाई सम्बोधन गर्न मुलुममा विज्ञापन उद्योग स्थापना गर्न तर्फ अग्रसर हुनुपर्ने दायित्व संघको रहेको बताए।

प्रकाशित मिति: १५:२३ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्