Kathmandu Press

मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्छ : नेता नेपाल

मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्छ : नेता नेपाल

काठमाडाैं, चैत २४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्ने बताएका छन्।

शुक्रबार समाजवादी सहकारी संगठन नेपालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएको भन्दै सरकारको न्यूनतम साझा कार्यक्रममा समेत त्यसलाई सम्बोधन गरिएको बताए। त्यस्तै उहाले सहकारीका नाममा देखिएका बिकृती र बिसंगतीलाई पनि अन्त्य गर्नुपर्ने उल्लेख गरे।

अध्यक्ष नेपालले सहकारी ग्रासरुटको डेमोक्रेसी भएको सहभागिता मूलक लोकतन्त्र भएको भन्दै यसले आममानिसहरूको सर्वसाधारणको हित र जीवनमा काम गर्नुपर्ने बताए। उनले मिश्रित अर्थतन्त्रका मान्यता अनुरूप सहकारी निजी र राज्य सम्मिलित ३ खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेकाले घर घरमा र विदेशमा छरिएका स–साना पूँजीहरुलाई एकीकृत गरी ठूलो आकार निर्माण गरी परिचालन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा संगठनका अध्यक्ष नवराज अर्यालले विश्वमै देखिएको अर्थतन्त्र संकटलाई समाधान गर्न सहकारीहरुले जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राखे। 

प्रकाशित मिति: १५:१९ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्