Kathmandu Press

सिंहदरबार मूलगेटअगाडिबाट मिटरब्याजपीडित पक्राउ

साहूले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने, मिटरब्याजपीडितलाई कानुनको दायरामा ल्याउनुपर्नेलगायत माग राखेर केही दिनयता मिटरब्याज पीडित प्रदर्शनमा उत्रिएका छन्।
सिंहदरबार मूलगेटअगाडिबाट मिटरब्याजपीडित पक्राउ

काठमाडौं, चैत २४ : प्रहरीले सिंहदरबार मूलगेटअगाडिबाट केही मिटरब्याजपीडितलाई पक्राउ गरेको छ। आज (शुक्रबार) सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरिरहेका बेला उनीहरुलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोहरलाल यादव अवदेश कुशवाह, तिलेशोइरी देवी यादव, सौरभ श्रेष्ठ, नवाब सरिफ, अभिषेक भूल, जैस्तला कोइरी, बोध कुमारी खड्का, विकेश चौधरी, देवसरा देवी रजभक, सन्तोषी देवी केवट, रामशुभक मुसहर, अकबर मियाँ, उमेश, अंकित खनाल, रविता खातुन, अम्बिका चौधरी रहेको एक मिटरब्याजपीडित अगुवाले बताए।

साहूले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने, मिटरब्याजपीडितलाई कानुनको दायरामा ल्याउनुपर्नेलगायत माग राखेर केही दिनयता मिटरब्याज पीडित प्रदर्शनमा उत्रिएका छन्।

यसअघि सरकारले तराईबाट ११ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितको एक समूहसँग गत शनिबार पाँचबुँदे सहमति गरेको थियो। मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि जाँचबुझ गर्न सरकारले आयोग पनि बनाएको छ। एकथरी मिटरब्याजपीडित फर्केलगत्तै अर्को समूह आन्दोलनका लागि काठमाडौं आएको छ। सरकारसँगको पाँचबुँदे सहमतिले मात्र आफूहरुको समस्या समाधान नहुने यी मिटरब्याजपीडितको भनाइ छ।

प्रकाशित मिति: १४:३१ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्