Kathmandu Press

न्यूनतम साझा कार्यक्रम भ्रष्टाचारमा नरम देखियो, त्यसप्रति हाम्राे असहमति छ : रास्वपा

रास्वपा संसदीय दलको आज (शुक्रबार) बिहान बसेको अनौपचारिक बैठकपछि महामन्त्री मुकुल ढकालले धेरै सरकारको न्यूनतम साझा कार्यक्रममा धरै कार्यक्रम छुटाइएकाले र भ्रष्टाचारविरुद्ध नरम देखिएकाले सहमति जनाउन नसकिने बताएका हुन्।
न्यूनतम साझा कार्यक्रम भ्रष्टाचारमा नरम देखियो, त्यसप्रति हाम्राे असहमति छ : रास्वपा

काठमाडौं, चैत २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको न्यूनतम साझा कार्यक्रमप्रति असहमति जनाएको छ।

रास्वपा संसदीय दलको आज (शुक्रबार) बिहान बसेको अनौपचारिक बैठकपछि महामन्त्री मुकुल ढकालले धेरै सरकारको न्यूनतम साझा कार्यक्रममा धरै कार्यक्रम छुटाइएकाले र भ्रष्टाचारविरुद्ध नरम देखिएकाले सहमति जनाउन नसकिने बताएका हुन्।

उनका अनुसार पहिले एमालेसहितको गठबन्धन सरकार हुँदा बनाइएको न्यूनतम साझा कार्यक्रममा समेटिएका धेरै विषय अहिले छुटाइएका छन्। सरकारको न्यूनतम साझा कार्यक्रम भ्रष्टाचारविरुद्ध कडा ढंगले प्रस्तुत हुन नसकेको बैठकको निष्कर्ष रहेको उनको भनाइ छ।

बलात्कार जन्य घटनाको छिटो छिनोफानो, बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैरआवसीय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारतः लागू गर्नेलगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएको ढकालले बताए। कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषय पहिले रहे पनि अहिले हटाइएको उनले बताए।

विदेशमा बस्ने नेपालीको मताधिकार, सरकारी सेवामा टाइम कार्ड, गुणस्तरीय रोजगारमुखी शिक्षाका लागि संघीय शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य ऐनजस्ता आफूहरुको उठाएका विषयले न्यूनतम साझा कार्यक्रममा निरन्तरता पाएको तर समग्रमा अमूर्त, लक्ष्यविहीन र आलटाले देखिएको उनको भनाइ थियो।

प्रकाशित मिति: १४:१५ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्