Kathmandu Press

सांसदका कुरामा मन्त्री र सरकारले ध्यान दिँदैन, रुलिङ गरियोस् : सांसद् पाण्डे

पाण्डेले सांसदले उठाएका जनताका कुरामा सरकारले जवाफ नदिँदा जनताका समस्या सम्बोधन हुन नसकेको भन्दै उनले रुलिङ गर्न समभामुखलाई आग्रह गरे।
सांसदका कुरामा मन्त्री र सरकारले ध्यान दिँदैन, रुलिङ गरियोस् : सांसद् पाण्डे
फाइल तस्बिर ।

काठमाडाैं, चैत २४ : संसदमा सांसदहरुले उठाएका कुरामा मन्त्री र सरकारले ध्यान नदिने भन्दै एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे सांसदले उठाएका कुराम रुलिङ गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बल्दै पाण्डेले सांसदले उठाएका जनताका कुरामा सरकारले जवाफ नदिँदा जनताका समस्या सम्बोधन हुन नसकेको भन्दै उनले रुलिङ गर्न समभामुखलाई आग्रह गरे।

उनले भने, ‘पहिला सांसद बोलेको कुरा कर्मचारीहरू टिप्थे, त्यो कुरा मन्त्रीसमक्ष पुर्‍याउने काम हुन्थ्यो, अहिले त्यो चलन छैन । संसदका १९ वटा बैठक हुँदा पनि सरकारको ध्यान हामीले आर्कषण गर्न सकेनौं।’

सांसद पाण्डेले हिजो पनि मन्त्रीले जवाफ नदिएको र आज पनि जवाफ नदिएको भन्दै यो विषयमा सभामुखबाट रलिङ गर्न आग्रह गरे।

प्रकाशित मिति: १३:५४ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्