Kathmandu Press

स्मार्ट लाइन्सेन्स सक्कली कि नक्कली? छुट्याउनै मुस्किल

काठमाडौं, माघ ९ : थापाथलीमा ट्राफिक प्रहरीको ‘साइसेन्स र ब्लूबुक छ?’ भन्ने प्रश्नसँगै मोटरसाइकल चालकले सहमतिको टाउँको हल्लायो।

&....

स्मार्ट लाइन्सेन्स सक्कली कि नक्कली? छुट्याउनै मुस्किल

काठमाडौं, माघ ९ : थापाथलीमा ट्राफिक प्रहरीको ‘साइसेन्स र ब्लूबुक छ?’ भन्ने प्रश्नसँगै मोटरसाइकल चालकले सहमतिको टाउँको हल्लायो।

‘खै, देखाउनुस् त?’ ट्राफिक प्रहरीले माग्ने वितिक्कै स्मार्ट लाइसेन्स हातमा थमायो। ट्राफिक प्रहरीले स्मार्ट लाइन्सेन्स समात्दै सोध्यो, ‘नक्कली कि सक्कली?’
यतिवेला भने मोटरसाइकल चालक युवकले जिस्क्यो, ‘नक्कली हो।’

ट्राफिक प्रहरीले ओल्टाइपल्टाई स्मार्ट लाइन्सेन्स हे¥यो र हास्दै चालकलाई नै फिर्ता दियो।

Hardik ivf

प्रहरीले पुस १६ गते प्रहरीले नक्कली स्मार्ट लाइसेन्ससहित पाँच जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो। त्यसयता ट्राफिक प्रहरीले स्मार्ट लाइसेन्स ‘नक्कली कि सक्कली’ भनेर सोधखोज गर्न थालेको छ।

तर, ट्राफिक प्रहरीसँग स्मार्ट लाइसेन्स नक्कली हो कि सक्कली भन्ने छुट्याउने प्रयाप्त मेसिन भने छैनन्। जसले गर्दा सवारी चालकले जिस्काए पनि ओल्टाइपल्टाइ गरेर फिर्ता दिनु बाहेक अर्को उपाय छैन।

प्रयाप्त मेसिनहरू नुहँदा सक्कली कि नक्कली भनेर छुट्याउन गाह्रो भएको ट्राफिक प्रहरी बताउँछन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले यातायात व्यवस्था विभागले दिएको पाँचमध्ये दुइटा मेसिन मात्रै संचालनमा रहेको बताए।

देशभर स्मार्ट लाइसेन्स वितरण गरेपनि लाइसेन्स जाँच गर्ने मेसिन प्रयाप्त मात्रामा नहुँदा ट्राफिक प्रहरीले हेरेरै परीक्षण गरिरहेको उनले बताए। ‘चालकले बोकेको अनुमतिपत्र सक्कली कि नक्कली भन्ने छुट्याउन गाह्रो भएको छ,’ महाशाखा प्रमुख ढकालले भने, ‘विभिन्न सयममा नक्कली स्मार्ट लाइसेन्स भेटेएका छन्। तैपनि मेसिन अभाव हुँदा आँखाले नै हेरेर सक्कली र नक्कली छुट्याउनु पर्ने अवस्था छ।’

कागजी लाइसेन्सलाई विस्तापित गरी २०७२ देखि स्मार्ट लाइसेन्स वितरणको प्रक्रिया चलिरहेको छ। यो चार वर्षमा यातायात व्यवस्था विभागले करिव ११ लाख स्मार्ट लाइसेन्स वितरण गरेको छ।

तर, स्मार्ट लाइसेन्स जाँच गर्न ट्राफिक प्रहरीसँग दुइटा मात्रै मेसिन छन्। यातायात व्यवस्था विभागले मेसिनले पढ्न सक्ने स्मार्ट लाइसेन्स बाँड्ने कामलाई तीव्रता दिए पनि कार्ड पढ्न सक्ने मेसिन छैनन्। जसले गर्दा परीक्षण र अनुगमनमा समस्या भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले बताए।

विभागले स्मार्ट लाइसेन्स रिडर मेसिन खरिदमा भने चासो देखाएको छैन। विभागका महानिर्देशक गोगनबहादुर हमाल यसै वर्षभित्र ट्राफिक प्रहरीले माग गरेजति रिडर मेसिन उपलब्ध गराउने बताउँछन्। ‘हाम्रो यस वर्षको कार्यक्रम नै लाइसेन्स रिडर मेसिन खरिद गर्ने छ। ट्राफिक प्रहरीवाट माग भएजति मेसिन खरिद हुन्छ,’ उनले भने, ‘यसै वर्षभित्र सबै जिल्लाका ट्राफिक र यातायात व्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स पढ्ने मेसिन पुगिसक्छ।’

दैनिक १० घन्टा मासप्रिन्ट सञ्चालन

स्मार्ट लाइसेन्सको मागअनुसार, आपूर्ति हुन नसकेपछि विभागले दैखिक १० घन्टासम्म मासप्रिन्ट सञ्चालन गर्न थालेको छ। सुरुआती चरणमा दुई सिफ्ट गरेर बिहान ७ देखि राति १० बजेसम्म मेसिन सञ्चालन गरिएको महानिर्देशक हमालले बताए।

अब छिट्टै मासप्रिन्ट मेसिन पूर्णरुपमा सञ्चालनको तयारी गरिएको उनको भनाइ छ। मासप्रिन्ट पूर्ण क्षमतामा सञ्चालनमा आएपछि प्रतिघन्टा चार सय ५० वटाका दरले प्रिन्ट हुने जनाएको छ। अहिले दैनिक पाँच हजारसम्म लाइसेन्स प्रिन्ट भइरहेका छन्।

प्रकाशित मिति: १२:२९ बजे, बिहीबार, माघ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्