क्रान्तिकारी माओवादी र बहुमत पार्टीबीच एकता
काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै दुई पार्टीबीच एकता भएको जानकारी दिएका हुन्। दुई पार्टीबीच एकता भएपनि औपचारिक घोषणा भने मजदुर दिवसका दिन हुनेछ।
काठमाडौं, चैत २४ : मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकता भएको छ।
काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै दुई पार्टीबीच एकता भएको जानकारी दिएका हुन्। दुई पार्टीबीच एकता भएपनि औपचारिक घोषणा भने मजदुर दिवसका दिन हुनेछ।
तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य अलग भएर नयाँ पार्टी गठन गरेका थिए । मोहन वैद्यले गठन गरेको पार्टीबाट नेत्रविक्रम चन्द विप्लवसहित धर्मेन्द्र बाँस्तोला मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन गरेका थिए । तर विप्लवसँग पनि असमझदारी भएपछि बाँस्तोलाले नेकपा बहुमत नामक पार्टी खोलेका छन् ।
प्रकाशित मिति: १३:३४ बजे, शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार