Kathmandu Press

दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्य हासिल गर्न गरेका प्रयासको समीक्षा, कार्यान्वयनको अवस्था, चुनौतीलगायत भावी कार्ययोजनाबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

काठमाडाैं, चैत २४ : दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्य हासिल गर्न गरेका प्रयासको समीक्षा, कार्यान्वयनको अवस्था, चुनौतीलगायत भावी कार्ययोजनाबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, अर्थमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासङ्घ अध्यक्ष, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घका अध्यक्षको उपस्थिति रहेको छ।

प्रकाशित मिति: १२:१९ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्