Kathmandu Press

नमूना कलेजको ‘जर्नी अफ फेसन शो’

१७औँ संस्करणको जर्नी अफ फेसनः ‘कल्पनम् सत्यतात’ शीर्षकअन्तर्गत उनीहरुले तयार पारेका आ–आफ्ना डिजाइन प्रस्तुत गरेका थिए।
नमूना कलेजको ‘जर्नी अफ फेसन शो’

काठमाडौं, चैत २४ : बिहीबार साँझको समय छिप्पिदै जाँदा ¥याम्पमाथि विस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो। एकपछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रङ्ग, स्वरुप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए।

नमूना कलेज अफ फेसन टेक्नोलजीका विद्यार्थीले आफ्ना डिजाइन प्रस्तुत गरेका थिए । १७औँ संस्करणको जर्नी अफ फेसनः ‘कल्पनम् सत्यतात’ शीर्षकअन्तर्गत उनीहरुले तयार पारेका आ–आफ्ना डिजाइन प्रस्तुत गरेका थिए।

339914742_1174651636567766_7552808447319240128_n1680845296.jpg

३३ मोडलको प्रस्तुतिमा उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १७औं ब्याचका ८३ विद्यार्थी डिजाइनरको आयोजना, व्यवस्थापन तथा प्रस्तुतिमा सम्पन्न भएको हो। कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अभिभारा सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेकी थिइन्।

कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित ‘फेसन क्याटलग’को दोस्रो संस्करणको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरले संयुक्तरुपमा विमोचन गरे।

339921305_784337023118730_7197802309720850188_n1680845294.jpg

विद्यार्थीले तयार पारेका डिजाइन रोजिन शाक्यको कोरियोग्राफीमा प्रस्तुत गरिएका थिए । कलेजमा अध्ययनरत स्नातक तहको अन्तिम परीक्षामा सहभागी विद्यार्थीले परीक्षाअन्तर्गत डिजाइन प्रस्तुत गरेका हुन्।

प्रकाशित मिति: ११:१२ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्