Kathmandu Press

पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद्ले लिम्बूलाई सहिद घोषणा गर्दै उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको छ।
पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडाैं, चैत २४ : सरकारले कोशी प्रदेशको नामाकरणको विरोधमा गरिएको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लम्बूलाई सदिह घोषणा गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले लिम्बूलाई सहिद घोषणा गर्दै उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको छ। तर, बैठकले क्षतिपूर्ति रकम भनेको नतोको बताइएको छ।  

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहितको आन्दोलनका क्रममा विराटनगरमा प्रहरीको लाठी प्रहारबाट ४२ वर्षीय लिम्बू घाइते भएका थिए। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो।

प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले लिम्बुलाई सहिद घोषणा गर्न माग गरेको थियो।

प्रकाशित मिति: १०:५५ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्