Kathmandu Press

हालमा सुरक्षा र कमलमणिको ‘बहाव’

प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मा सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल मूख्य भूमिकामा छन्।
हालमा सुरक्षा र कमलमणिको ‘बहाव’

काठमाडाैं, चैत २४ : नेपाली फिलम ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ। प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मा सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल मूख्य भूमिकामा छन्। फिल्म यी दुई बीचको वैचारिक द्वन्द्वमा आधारित छ।

निर्देशक कँडेलले फिल्मका केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिए। ‘मेरो जीवनको केही भोगाई चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ । यो हाम्रै समाजसँग जोडिएको कथा हो’, उनले भने, ‘कथ्यशैलीमा केही परिवर्तन ल्याउने प्रयाश गरेका छौं। यसमा चलचित्र बन्ने नियमलाई तोडेर प्रयोग गरिएको छ।’

Hardik ivf

चलचित्रमा चितवन वरपरको परिवेशलाई देख्न पाइने छ।

अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भूमिका निर्वाह गरेकी छिन्। उनी भन्छिन्, ‘हामीले भूमिकालाई जीवन्त बनाउन चलचित्रभित्र देखिएझैँ परिवार बनेर केही समय बितायौँ । यसमा समाजको नदेखिएको पाटोलाई उजागर गर्ने कोशिश गरिएको छ । यो केवल मनोरञ्जन मात्र होइन ।’

अभिनेत्री पन्तले फिल्म आफ्नो जीवनसँग पनि केही मेल खाने बताइन्। उनले फिल्ममार्फत् जीवनलाई फरक किसिमले बुझ्ने मौका पाएको उल्लेख गरिन्।

अभिनेता नेपालले एउटा दृश्यमा अभिनेत्री पन्तसँग अभिनय गर्दा भावुक भएको बताए। ‘हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्व लिने हो । सन्ध्याको चरित्र निर्वाह गरिरहँदा मैले मेरो बुबा अथवा काकाबाट आफ्नो सारतत्व लिएको थिएँ । सन्ध्या र मबीच संवाद हुँदा त्यो दृश्यले मलाई भावुक बनायो’, उनले भने।

दर्शकले यो दृश्य हेर्दा कहीँ कतै आफूलाई पाउने उनले बताए।

फिल्म श्रीधर पौडेलले निर्माण गरेका हुन्। उनले यसअघि ‘गोपी’ निर्माण गरेका थिए। ‘बहाव’ मा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतको पनि अभिनय छ।

प्रकाशित मिति: १०:४३ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्