Kathmandu Press

उपचुनाव हुने तीन जिल्लामा आजदेखि आचारसंहिता लागू

सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मी, शिक्षक लगायतलाई आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको हो ।
उपचुनाव हुने तीन जिल्लामा आजदेखि आचारसंहिता लागू

काठमाडौं, चैत २४ : आउँदो वैशाख १० गते उपचुनावका लागि चितवन, बारा र तनहुँमा आजदेखि आचारसंहिता लागू भएको छ ।

सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मी, शिक्षक लगायतलाई आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको हो । आयोगले आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्नरगराउन पनि निर्देशन दिएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको हिजोको बैठकले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नरगराउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय एवं सम्बन्धित जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 

बैठकले बारा क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र चितवन क्षेत्र नं २ मा उम्मेदवारले खर्च गर्न पाउने निर्धारित अधिकतम खर्चको हदभित्र रही खर्च गरे नगरेको समेतका विषयमा सुक्ष्म निगरानी गरी त्यसको  जानकारी आवश्यकताअनुसार लिखित एवं मौखिक रुपमा आयोगलाई गराउन पनि निर्देशन दिएको छ ।

यसैगरी बैठकले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सामाजिक सञ्जालमा गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रवाह नगर्न, कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै किसिमका सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न, नगराउन तथा यस्ता सामग्रीमा शेयर, लाइक वा कमेन्ट नगर्न र नगराउन पनि आह्वान गरेको छ ।

आउँदो बैशाख १० गते चितवन २ , तनहुँ १ र बारा २ मा उपचुनाव हुँदैछ । 

प्रकाशित मिति: ०७:५० बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्