Kathmandu Press

थप ८४ जनामा काेराेना संक्रमण पुष्टि

थप ८४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं, चैत २३ : बिहीबार देशभर ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४०२ नमूना परीक्षण गर्दा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे सँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५८ जना पुगेको छ।  काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमित देखा परेका छन् ।

मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेसनमा १७ जना छन् भने आईसीयूमा ४ जना र भेन्टिलेटरमा एकजना कोरोनाका बिरामी उपचाररत छन् ।

यस्तै २७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । 

प्रकाशित मिति: १९:१६ बजे, बिहीबार, चैत २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्