Kathmandu Press

रामेछापमा बलेरो दुर्घटना हुँदा चारको घटनास्थलमै मृत्यु

रामेछापमा बलेरो दुर्घटना हुँदा चारको घटनास्थलमै मृत्यु

मन्थली, चैत २३ : रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । 

मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए ।

स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ । 

स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ । 
 
मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक यस मिटर तल झरेको थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८:५९ बजे, बिहीबार, चैत २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्