पाथीभरा देवीको दर्शन गर्न जाँदै भक्तजन (तस्बिरहरू)
हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न बाटामा भरियाहरु भेटिन्छन्। उनीहरुले बोकेर मन्दिरसम्म पुर्याएको भक्तजनको तौलअनुसार प्रतिकेजी रु १०० लिने गरेका छन्। मन्दिर पुर्याएर काफ्लेपाटीमा गाडी चढ्ने ठाउँसम्म ल्याएको प्रतिकेजी रु. २०० लिने गर्छन्।
ताप्लेजुङ, चैच २३ : ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न कतिपय मानिसहरू भरियालाई बोकाएर जाने गरेका छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। त्यसकारण त्यहाँबाट पैदलयात्रा गर्नुकाे विकल्प छैन। त्यसमाथि उच्च पहाड भएकाले हिउँ परिरहन्छ।
हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न बाटामा भरियाहरु भेटिन्छन्। उनीहरुले बोकेर मन्दिरसम्म पुर्याएको भक्तजनको तौलअनुसार प्रतिकेजी रु १०० लिने गरेका छन्। मन्दिर पुर्याएर काफ्लेपाटीमा गाडी चढ्ने ठाउँसम्म ल्याएको प्रतिकेजी रु. २०० लिने गर्छन्।
हिजोआज त्यहाँ हिउँ परिरहेको हुँदा दर्शनार्थीलाई आउजाउ गर्न निकै कठिनाइ हुने गरेको छ। जस्ताेसुकै अवस्थामा पनि भरियाहरूले बाेक्ने हुनाले हिँड्न नसक्ने दर्शनार्थीलाई सजिलाे भएकाे छ। मान्छे बाेक्दा हुने कमाइबाट भरियाहरूकाे घरखर्च टर्ने गरेकाे छ।

तस्बिर : दिलकुमार लिम्बू/रासस