Kathmandu Press

१ लाख राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

सो पुरस्कार आगामी शनिबार हुने शाखाको २३औं साधारणसभामा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माको हातबाट प्रदान गरिनेछ।
१ लाख राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

काठमाडौं, चैत २३ : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

शाखाको बिहीबार बसेको कार्यसमितिको बैठकले आगामी शनिवार हुने शाखाको २३ औं साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। उनी पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व अध्यक्षसमेत हुन्।

महासंघ काठमाडौ शाखाका सचिव महेश्वर गौतमले काठमाडौ शाखाको संखरापुर नगरपालिकामा गत ३ र ४ चैतमा बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको र बिहीबारको कार्यसमिति बैठकले सो पुरस्कार शाखाका संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिए। 

सो पुरस्कार आगामी शनिबार हुने शाखाको २३औं साधारणसभामा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माको हातबाट प्रदान गरिनेछ।

प्रकाशित मिति: १७:१९ बजे, बिहीबार, चैत २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्