Kathmandu Press

उपनिर्वाचन हुने तीन जिल्लामा भोलिदेखि आचार संहिता लागु हुने, सरकार विस्तारमा बाधा नपर्ने

निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको हो।
उपनिर्वाचन हुने तीन जिल्लामा भोलिदेखि आचार संहिता लागु हुने, सरकार विस्तारमा बाधा नपर्ने

काठमाडौं, चैत २३ : उपनिर्वाचन हुने तीन जिल्लामा भोलि (शुक्रबार) देखि निर्वाचन आचार संहिता लागु हुने भएको छ।

निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको हो।

तर निर्वाचन आचारसंहिताका कारण सरकार निर्माण र विस्तार प्रभावित नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। आचार संहिता वैशाख १० मा उपनिर्वाचन हुने तीन क्षेत्र चितवन-२, बारा-२ र तनहुँ-१ मा मात्र लागु हुने उनको भनाइ छ।

पौडेलका अनुसार निर्वाचन हुने तीन जिल्लाभर मात्रै आचारसंहिताविपरीतका गतिविधि गर्न पाइन्न। यसअघि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि जारी भएको आचारसंहिताका कारण सरकार विस्तार लगायतका कतिपय काम प्रभावित भएका थिए।

आचारसंहिता अवधि सकिएलगत्तै चैत ६ मा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिए पनि मन्त्रिपरिषद्ले पूर्णता पाइसकेको छैन।
 
प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, चैत २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्