Kathmandu Press

प्रतिनिधिसभा विशेष समय : सरकारको राम्रो कामको प्रशंसा गर्नुपर्छ

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले किसानलाई राहत दिन सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिए। उनले जनकपुर जयनगर रेल सेवालाई प्रभावकारी बनाउनका लागि कार्गो रेल सञ्चालन गर्न पनि आग्रह गरे।
प्रतिनिधिसभा विशेष समय : सरकारको राम्रो कामको प्रशंसा गर्नुपर्छ

काठमाडाैं, चैत २३ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले तराई मधेसका किसानले रासायनिक मल र बीउको अभाव झेल्दै आएको जनाउँदै   सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले किसानलाई राहत दिन सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिए। उनले जनकपुर जयनगर रेल सेवालाई प्रभावकारी बनाउनका लागि कार्गो रेल सञ्चालन गर्न पनि आग्रह गरे।

सांसद यादवले हुलाकी सडक परियोजनाको काम तोकिएका समयमा पूरा हुन नसक्दा लागत र समय मात्रै बढेको तथ्य पेस गर्दै निर्माण व्यवसायी र आयोजना प्रमुखले त्यसलाई ‘दुहुनो गाई’ बनाएको बताए। फरक एक प्रसङ्गमा सांसद यादवले शहीदलाई विभेद नगर्न सरकारको ध्यानाकर्षण गराए।

यस्तै नेकपा९एमाले०का सांसद रघुजी पन्तले सरकारको १०० दिनमा कुनै उपलब्धि हासिल हुन नसकेको आरोप लगाउनुभयो। लामो समयसम्म मन्त्रिपरिषद् नै विस्तार हुन नसक्नु दुःखद् रहेको बताए।

नेकपा माओवादी केन्द्रका सांसद सूर्यनाम दोङले विपक्षी दलले सरकारलाई अनावश्यक आक्षेप लगाएका टिप्पणी गरे। सोही दलका सांसद लेखनाथ दाहालले पूर्वाग्रह र इष्र्याबाट मुक्त भएर मात्रै सरकारको मूल्याङ्कन गर्न आग्रह गरे।

उनले यसबीचमा जनताको दैनिक समस्या समाधान भएको, रासायनिक मलको सुनिश्चिता भएको उल्लेख गर्दै सरकारले जनतालाई राहत दिने गरी उत्तरदायीपूर्ण तरिकाले अगाडि बढेको बताए।

'सरकारका राम्रा कामको प्रशंसा गर्नुपर्छ। कमजोरी औँल्याउनुपर्छ। नराम्रा काम तथ्यको जगमा उभिएर मात्रै आलोचना गर्न सकिन्छ', उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झाले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अध्यात्मको केन्द्रका रुपमा चित्रण गरेको जानकारी दिँदै राज्यले त्यसलाई ध्यान दिन आग्रह गरे। उनले देशभित्र रहेका अध्यात्मको केन्द्रका रुपमा रहेका मठ, मन्दिरको महत्वको प्रचारप्रसार गर्दै स्थानीयवासीको आर्थिक उन्नयनका लागि काम गर्नुपर्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले वैदेशिक रोजगारीमा गएका नेपाली युवाको कमाइमा मुलुक चलिरहेको भए पनि उनीहरुको सुरक्षाका लागि केही पनि हुन नसकेकामा गुनासो गरे।

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले पर्साको सिर्सिया नदी प्रदूषित भएका कारण स्थानीय जनजीवन प्रभावित भएको, पशु चौपायाको अकालमा मृत्यु भएको जानकारी दिँदै विशालु पानी उत्सर्जन गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरे।

उद्योगले उत्सर्जन गर्ने पानी निर्मलीकरण नगरी फाल्दा स्थानीयवासी पीडामा बस्नु परेकाले तत्काल समस्या समाधानका लागि आग्रह गरे। उनले समस्या समाधानका लागि सरकारी निकायले ध्यान नदिएको गुनासो गर्दै सो नदी संरक्षणमा ध्यान दिनुपर्ने बताए।

नेकपा९एकीकृत समाजवादी०का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावकारी हुन नसकेको, फोहर विर्सजन हुने स्थानमा वैज्ञानिक व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरे। उनले फोहाेर व्यवस्थापनका सन्दर्भमा अध्ययन गर्न संसदीय समिति गठन गर्न सभामुखलाई अनुरोध गरे।

बैठकमा सांसदहरु विनितकुकमारी सिंह, रामप्रसाद चौधरी, सन्तोष चालिसे, जुलीकुमारी महतो, छिरिङ लामा तामाङ, विनिता कठायत, अमरबहादुर थापा, खिमलाल भट्टराईले समसामयिक राजनीतिक विषयका अलावा स्थानीय समस्याको समाधानका बारेमा सरकारको ध्यानाकर्षण गरे। 

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, चैत २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्