Kathmandu Press

सुनखानीमा ६० जनाको मृत्यु भएको आशंका

हरारे, फागुन ४ : जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

दुर्घटना भएका दुई ओटा सुनखानीमा ६० ....

सुनखानीमा ६० जनाको मृत्यु भएको आशंका

हरारे, फागुन ४ : जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

दुर्घटना भएका दुई ओटा सुनखानीमा ६० देखि ७० जना कामदारहरु रहेकाले उनीहरु अधिकांशको मृत्यु भएको आशका गरिएको अधिकारीहरूले बताएका छन् ।

Hardik ivf

स्थानीय सरकारका सार्वजनिक सेवा सम्बधीमन्त्री जुली मोयोले अवैध रुपमा संचालनमा रहेका सुनखानीका कामदारहरू पुरिएको जानकारी दिइन ।

उनका अनुसार देशको पश्चिमी प्रान्त मशोनाल्याण्डमा सो घटना भएको हो । उनीहरुलाई जिवितै उद्धार गर्न सकिने सम्भावना न्यून रहेको उनले बताइन । अत्यधिक बर्षा भएकाले उद्धार कार्यमा कठिनाई भएको उनको भनाइ छ ।

दुवै पानीको खाल्डोबाट पानी बाहिर निकालिएको स्थानीय अधिकारीहरुले बताएका छन् । उद्धार कार्यमा खटिएकाहरूले आईतबार शव निकालिने अपेक्षा गरेका छन् ।

जिम्बाबेका राष्ट्रपति इम्मर्सन मनाङग्वाले प्रकोपको घोषणा गर्दै घटनामा पिडितहरुप्रति सहानुभूति व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति: १५:०० बजे, शनिबार, फागुन ४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्