Kathmandu Press

अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले विमानस्थलमा देखिएको बेथिति र लापरबाहीका कारण एक निर्दोष नेपालीले कतारको जेलमा बन्दीजीवन बिताइरहनुपरेको बताए।
अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग

काठमाडौं, चैत २३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न  माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले विमानस्थलमा देखिएको बेथिति र लापरबाहीका कारण एक निर्दोष नेपालीले कतारको जेलमा बन्दीजीवन बिताइरहनुपरेको बताए।
    
सांसद ढकालका अनुसार गत वैशाखमा वैदेशिक रोजगारीका लागि कतार जान लागेका एक नेपालीको झोलामा कसैले झुक्याएर लागुऔषध राखिँदिँदा कतारको विमानस्थलमा पक्राउ परेका उनलाई १० वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ।

उनले सभामुखमार्फत गृहमन्त्रीलाई प्रश्न गरे, 'उनीजस्ता निर्दोष नेपाली कतारको जेलमा अरु कति छन् र उनीहरुको अवस्था के छ?'

सांसद ढकालले वैदेशिक रोजगारीमा गएका एकजनाको शव ल्याउँदा शवको बाकससमेत भन्सारमा फोरिएको र यसले विमानस्थलमा हुनेगरेका बेथितिलाई प्रष्ट्याउँछ भन्दै विमानस्थलमा बारम्बार हुने यस्ता घटना न्यूनीकरणमा सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिए।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भरतपुर क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक र उपनिर्देशकको मिलेमतोमा क्यान्सर उपचारका लागि उपकरण खरिद गर्ने रकम तलब भत्तामै खर्च भैसकेको  भन्दै सरकारको ध्यानाकर्षण गराए।   

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले दिनप्रतिदिन विदेशी ऋणभार बढेपनि मुलुकको आर्थिक विकासले गति लिन नसकेको बताए।

प्रकाशित मिति: १५:५९ बजे, बिहीबार, चैत २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्