बजेट अभावले आँधीखोला तटबन्ध रोकिएको भन्दै सांसद थापाद्वारा सरकारको ध्यानाकर्षण
२०७० सालबाट शुरु भएको आँधिखोला तटबन्धन कार्यक्रम बजेट अभावकै कारण अलपत्र परेको र कृषि योग्य भूमीमात्र नभई मानववस्तीलाई पनि जोखिममा पारेको भन्दै उनले सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
काठमाडौं, चैत २३ : नेपाली कांग्रेसका सांसद राजु थापाले स्याङ्जाको आँधिखोला तटबन्ध बजेट अभावले रोकिएकोप्रति संसदको ध्यानाकर्षण गराएका छन्।
आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले स्याङ्जा जिल्लाको मध्य भागबाट बगेको आँधिखोलाले बर्सेनि वर्षायाममा ठुलो मात्रामा कृषियोग्य भूमिलाई नष्ट गर्दै आइरहेको र तटबन्ध निर्माणका लागि पर्याप्त बजेट बिनियोजन गर्नका लागि ध्यानाकर्षण गराएका हुन्।
२०७० सालबाट शुरु भएको आँधिखोला तटबन्धन कार्यक्रम बजेट अभावकै कारण अलपत्र परेको र कृषि योग्य भूमीमात्र नभई मानववस्तीलाई पनि जोखिममा पारेको भन्दै उनले सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
उनले भने, ‘आँधिखोलामा बनेका पक्की मोटरेबल पुलहरु समेत आँधिखोलाले जोखिममा परेका छन्, आर्थिक बर्ष २०८०/८१ मा तटबन्धन कार्य शुरु होस् र यसको लागि उचित बजेट व्यवस्थापन होस् भन्दै सभामुख महोदय मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु।’