Kathmandu Press

जसपाको विधान अधिवेशन जेठमा सर्‍यो

पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए। 
जसपाको विधान अधिवेशन जेठमा सर्‍यो

काठमाडाैं, चैत २३ : जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विधान अधिवेशन सारेको छ।

पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए। 

उनका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने छ। यसअघि यही चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो।

तर वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेकाले विधान अधिवेशन सारिएको थापाले बताए।

प्रकाशित मिति: १५:४४ बजे, बिहीबार, चैत २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्