रोमालाई हराउँदै युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा
काठमाडौं, माघ ९ : रोमालाई पराजित गर्दै युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा युभेन्ट्सले रोमालाई ३–१ ....

काठमाडौं, माघ ९ : रोमालाई पराजित गर्दै युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा युभेन्ट्सले रोमालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।
युभेन्ट्सका लागि स्टार खेलाडी क्रिष्टीयानो रोनाल्डा, रोड्रिगो बेन्टेनक्युर र लियोनार्दो बोनुकीले समान एक–एक गोल गरे । युभेन्ट्सका लागि खेलको २६ औं मिनेटमा रोनाल्डोले गरेको गोल उनले क्लबका लागि पछिल्ला १० खेलमा गरेको १३ औं गोल हो ।
१–० गोलले अघि रहेको युधेन्ट्सका लागि बेन्टेनक्युरले ३८ औं मिनेटमा र बोनुकीले पहिलो हाफको अतिरिक्त समेयमा गोल गर्दै टीमलाई ३–० गोलको अग्रता दिलाएका थिए ।
३–० गोलले पहिलो हाफमा पछि परेको रोमाका लागि युभेन्ट्सका गोलकिपरले रोमाका केन्गिजको प्रहार बारमा लाग्दै बाउन्स भएको बल रोक्न खोज्दा गोल भएको थियो । यो उपहार गोल बाहेक रोमाले गोल फर्काउन भने सकेन युभेन्ट्स सेमिफाइनलमा पुग्यो ।











