उम्मेदवारको अन्तिम नामवली प्रकाशन गर्दै आयोग
आयोगले उम्मेदवारी फिर्ता लिने समय बिहीबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि निर्धारण गरेको छ। यो समयमा इच्छुक उम्मेदवारले उम्मेदवारी फिर्ता लिन पाउने छन्। यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ।
काठमाडौं, चैत २३ : निर्वाचन आयोग आसन्न उपनिर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा छ। आयोगले आजै उम्मेदवारहरुलाई निर्वाचन चिह्न समेत प्रदान गर्नेछ।
आयोगले उम्मेदवारी फिर्ता लिने समय बिहीबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि निर्धारण गरेको छ। यो समयमा इच्छुक उम्मेदवारले उम्मेदवारी फिर्ता लिन पाउनेछन्। यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
आयोगले जनाए अनुसार अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारहरुलाई चुनाव चिह्न पनि प्रदान गरिनेछ।
आगामी वैशाख १० गते तनहुँ-१, चितवन- २ र बारा-२ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारहरुको मनोनयन दर्ता भएको थियो।
आयोगका अनुसार तनहुँ-१ मा ९ जना, चितवन-२ मा २४ जना र बारा-२ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











