उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज
बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
काठमाडौं, चैत २३ : वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ ।
बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
आयोगका अनुसार आजै चुनाव चिह्न वितरण गरिनेछ । चुनाव चिह्न वितरणपछि उपनिर्वाचनको प्रसारप्रसार सुरु हुनेछ । आउँदो वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ ।
चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचन हुँदै छ ।
प्रकाशित मिति: ०७:१७ बजे, बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार