निजी गाडीले भाडा लिएर यात्रु बाेके कारबाही गर्न भन्दै ७७ जिल्लामा गृहकाे परिपत्र

काठमाडाैं, चैत २२ : निजी गाडीले भाडा लिएर यात्रु बोके कारबाही गर्न भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गरेकाे छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतका अनुसार बुधबार ७७ वटै जिल्लामा आवश्यक कारबाही गर्नु भन्दै पत्राचार गरिएकाे छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले मन्त्रालय पुगेर एक ज्ञापनपत्र बुझाएपछि गृहले परिपत्र गरेकाे हाे। विशेषगरी लामो दूरीमा जाँदा निजी सवारी साधनहरूले भाडा लिएर चलाउने गरेको भन्दै व्यवसायीहरूले गुनासो गरेका थिए।
यसमा राइड सेयरिङ एपहरूको विषयमा भने यो लागू हुने छैन।
प्रकाशित मिति: १८:४७ बजे, बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











