Kathmandu Press

भगवान् मुक्तिनाथको आरती सार्वजनिक

श्रीराम नवमीको अवसर पारेर मुक्तिनाथको भजन–आरतीलाई ‘शब्द कौतुकी’ नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो। आरती-भजन पारम्परिक लोकलयमा गाइएको छ।
भगवान् मुक्तिनाथको आरती सार्वजनिक

काठमाडौं, चैत २२ : विश्वका तीर्थस्थलमध्ये प्रमुख मानिने मुक्तिनाथ धामको महिमा समेटिएको  आरतीभजन सार्वजनिक भएको छ। 

श्रीराम नवमीको अवसर पारेर मुक्तिनाथको भजन–आरतीलाई ‘शब्द कौतुकी’ नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो। आरती-भजन पारम्परिक लोकलयमा गाइएको छ।

Hardik ivf

पुरुष तथा नारी आवाज गरी दुई अलगअलग भजनमा एकैदिन सार्वजनिक गरिएको हो। नारी आवाजलाई ‘गुरु परम्परा’ नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। पुरुष आवाजमा शास्त्रीय संगीतका प्रशिक्षक समेत रहेका तीर्थराज पोख्रेलले स्वर भरेका छन्। नारी आवाजतर्फ लक्ष्मी पौडेलले स्वर दिएकी छिन्।

पौडेल नेपाल आइडल-०७८ को फाइनिस्ट समेत हुन्। आरती–भजनको शब्द रचना दिवाकर पौडेलले गरेका हुन्। पौडलले नै म्युजिक भिडिओको निर्माण गरेका हुन्।  

यसैगरी संगीत एरेन्ज बच्चा सिंहको रहेको छ भने अडियो मिक्सिङ एवं रेकर्डिङ कुमार के.सी. ले गरेका छन्। आरतीमा भिडियो निर्देशन, छायांकन एवं मिक्सिङ हरिकृष्ण रेग्मीले गरेका छन्।

मुक्तिनाथ भगवानको पावन धाममा मुक्तिनाथ आरतीको भिडियो तयार भएको  जनाइएको छ। मुक्तिनाथ पुगेर संस्कृत युवामञ्च नेपालका गुरुहरू विश्वराज सापकोटा, धनिराम ढकाल तथा गोविन्दराज गौतमले महा आरती गरेका थिए। 
 

प्रकाशित मिति: १८:४६ बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्