न्याय परिषद्मा कार्यरत न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडाैं, चैत २२ : वैवाहिक बलात्कारका आराेपी न्याय परिषद्मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडाैंले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।
गत मंसिरमा न्यायाधीश गिरीकी पत्नीले गिरीविरुद्ध हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् ।
गिरीकी पत्नीले न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनसमेत गरेकी थिइन् ।
प्रकाशित मिति: १७:५१ बजे, बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











