पालो नआएपछि सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ रोकियो

काठमाडौं, चैत २२ : जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिका बलात्कार मुद्दामा आज (बुधबार) का लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेन।
उनको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको थियो। मुद्दा पेसीमा पछाडि रहेको हुँदा सुनुवाइका लागि पालो नआएको हो। कार्यालय समय सकिनै लाग्दा उनको मुद्दा केहीबेर मात्रै हेर्न सकिने अवस्था रहे पनि सरकारी वकिलले सुनुवाइ हुन नसक्ने बताएपछि फेरि मुद्दाको पेसी तोकिनुपर्ने माग राखे।
सन्दीपका कानुन व्यवसायीले भने केहीबेर सुनुवाइ गरेर हेर्दाहेर्दैमा राखेर जान आग्रह गरेका थिए। आज सुनुवाइ हुन नसकेको सो मुद्दाको अर्को पेसी कहिले भनी मिति पनि तोकिएको छैन।
प्रकाशित मिति: १७:२६ बजे, बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











