Kathmandu Press

एकै मितिमा स्ववियु निर्वाचन गराउन माग

एकै मितिमा स्ववियु निर्वाचन गराउन माग

काठमाडाैं, चैत २२ : तीन विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन्। 

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूको आज बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन्। 

बैठकपछि नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै रोकिएका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा एउटै मितिमा निर्वाचन सम्पन्न हुने गरी कार्यतालिका सार्वजनिक गर्न त्रिविसँग माग गरेका छन्। 

उनीहरुले निश्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचनको सुनिश्चिता गर्नसमेत माग गरेका छन्। उनीहरुले बाँकी रहेका क्याम्पसमा लोकतान्त्रिक प्रक्रियाबाट विद्यार्थीलाई आफ्नो प्रतिनिधि चुन्ने अधिकार पनि सुनिश्चित गराउन माग गरेका छन्। 

तीन विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचन अवैधानिक भर्ना र क्याम्पस प्रशासनको चरम लापरवाहीका कारणले यही चैत ५ गते हुन नसकेको बताएका आरोप लगाएका छन्। उपत्यकाका अमृत साइन्स क्याम्पस, त्रिचन्द्र वहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस र नेपाल कर्मश क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ।  

यस्तै उपत्यकाबाहिरका पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस विरगंज, वीरेन्द्र वहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा निर्वाचन गर्न बाँकी छ। 

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्