Kathmandu Press

उपनिर्वाचनका उम्मेदवारले बढीमा कति खर्च गर्न पाउँछन्?

निर्वाचन आयोगको बैठकले गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी उपनिर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको हो।
उपनिर्वाचनका उम्मेदवारले बढीमा कति खर्च गर्न पाउँछन्?

काठमाडौं, चैत २२ : प्रतिनिधिसभा सदस्यका लागि आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने अधिकतम सीमा निर्धारण गरिएको छ।

निर्वाचन आयोगको बैठकले गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी उपनिर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उम्मेदवारले चितवन २ तथा बारा २ का लागि २९ लाख रुपैयाँ र तनहुँ १ का लागि ३१ लाख रुपैयाँ खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको उल्लेख छ।

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले निर्देशन दिएको छ।
 
प्रकाशित मिति: १६:११ बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्