उपचार गराई अस्पतालबाट शीतल निवास फर्के राष्ट्रपति
पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनी शिक्षण अस्पताल भर्ना भएका थिए।
काठमाडौं, चैत २२ : राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालबाट उपचार गराई आज (बुधबार) शीतल निवास फर्केका छन्।
पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनी शिक्षण अस्पताल भर्ना भएका थिए। चार दिनको अस्पताल बसाइपछि निको भएर उनी शीतल निवास फर्किएका हुन्।
उनी अस्पताल हुँदा स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत विभिन्न व्यक्ति पुगेका थिए।
प्रकाशित मिति: १४:२४ बजे, बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











