Kathmandu Press

रवि लामिछानेले बुझाए ६ पृष्ठको स्पष्टीकरण 

उम्मेदवारी रद्द गर्न आफूविरुद्ध परेको उजुरीमा रविले ६ पृष्ठ लामो स्पष्टीकरण बुझाएका हुन्।
रवि लामिछानेले बुझाए ६ पृष्ठको स्पष्टीकरण 

काठमाडौं, चैत २२ : चितवन–२ बाट चुनावी प्रतिश्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले बुधवार चितवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्पष्टीकरण बुझाएका छन्।

उम्मेदवारी रद्द गर्न आफूविरुद्ध परेको उजुरीमा रविले ६ पृष्ठ लामो स्पष्टीकरण बुझाएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले बुधबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ। लामिछानेविरूद्ध उजुरी दिएका चारमध्ये युवराज पौडेल ‘सफल’ को भने उजुरी नलाग्ने निर्णय भएको छ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई फेरि नागरिकता लिएको भन्दै उम्मेदवारी रद्द गर्न माग राखेर पौडेलले उजुरी दिएका थिए। 

लामिछानेविरूद्ध पौडेलबाहेक स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले उजुरी दिएका थिए।

लामिछानेले पुरानो मतदाता नामावलीका आधारमा उम्मेदवारी दर्ता गरेको दाबी उजुरीमा छ। यस्तै नागरिकता लिएको तीन महिना नपुगी उम्मेदवार बन्न नमिल्ने दाबी समेत उजुरीमा छ।  

प्रकाशित मिति: १३:३८ बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्