Kathmandu Press

प्रधानमन्त्री दाहालविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

उक्त मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा परेको छ।
प्रधानमन्त्री दाहालविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौं, चैत २२ : प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको मुद्दाको सुनुवाइ आज हुने भएको छ। उक्त मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादमा मुद्दा चलाउन मागसहित दायर रिटको सुनुवाइ पनि आजै फुयाँलकै बेन्चमा आठौं नम्बरमा परेको छ।

दाहालविरुद्ध द्वन्द्वपीडितका तर्फबाट अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीले दुईवटा रिट दायर गरेका थिए।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी पर्वका अवसरमा आयोजित कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्तिका विरुद्ध रिट परेको हो। त्यतिबेला उनले सशस्त्र द्वन्द्व (जनयुद्ध) मा १७ हजार मानि मारिए पनि १२ हजार राज्य पक्षले मारे पनि ५ हजार मात्र आफूले जिम्मा लिन सक्ने बताएका थिए।
 

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्