Kathmandu Press

रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदै 

लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलको निर्णयविरूद्ध युवराज पौडेल (सफल) ले रिट दायर गरेका थिए।
रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदै 

काठमाडौं, चैत २२ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादमा मुद्दा चलाउन मागसहित दायर रिटमा आज सुनुवाइ हुने भएको छ।

लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलको निर्णयविरूद्ध युवराज पौडेल (सफल) ले रिट दायर गरेका थिए।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइको तयारी भएको छ। पौडेलले दिएको रिट ज नम्मवरमा छ। फुयालको इजलासमा अहिलेसम्म घ नम्वरसम्म सुनुवाइ सकिएको छ। अब तीनवटा मुद्दापछि पालो आउने छ।  

मंगलबार उक्त रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भएका कारण बुधवारका लागि पेशी तय भएको थियो।

लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेल पुनः सर्वोच्च अदालत पुगेका हुन्। यसअघि पनि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै उनैले रिट दिएका थिए। 

उक्त रिटका कारण लामिछानेको सांसद पदसँगै उपप्रधान तथा गृह मन्त्री पद समेत गएको थियो। महान्यायाधिवक्ताको निर्णय बदर गरी लामिछाने उपर झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन परमादेश जारी हुनुपर्ने पौडेलको माग छ। 
 

प्रकाशित मिति: १३:२० बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्