१६ वर्षीया किशाेरीमाथि शिक्षकले करणी गरेको आरोप
दाङको शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बस्ने १६ वर्षीया छात्रामाथि करणी गरेको आरोप एक शिक्षकमाथि लागेको प्रहरीले जनाएको छ।
दाङ, चैत २२ : दाङमा एक किशाेरीमाथि शिक्षकले करणी गरेको आरोप लागेको छ।
दाङको शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बस्ने १६ वर्षीया छात्रामाथि करणी गरेको आरोप एक शिक्षकमाथि लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी एसइईको तयारी गरिरहेकी थिइन्।
सोमबार राति ८ बजेतिर बोलाएर शिक्षक खुमानन्द पौडेलले आफूमाथि जबर्जजस्ती करणी गरेको भन्दै छात्राले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरीमा दिएकी छन्।
पीडित बालिकाले बाबुको सहयोगमा मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन्। छात्रावास हेर्दै आएका पौडेल उक्त विद्यालयका प्रावि शिक्षक हुन्। आरोपित शिक्षक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १२:४७ बजे, बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











