चितनवमा चन्चलकली हात्तीको सुँड काटियो
मंगलबार राति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको ४५ वर्षीया चन्चलकली हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको हो।
चितवन, चैत २२ : चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सुँड अज्ञात समूहले काटिदिएको छ।
मंगलबार राति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको ४५ वर्षीया चन्चलकली हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको हो। हात्ती पीडाले कराएपछि हेर्न जाँदा सुँड काटिएको अवस्थामा भेटिएको थियो।
काटिएको सुँडको भाग जोड्न नमिल्ने अवस्थामा भएको बताइएको छ। हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने मुख्य भाग नै काटिएको बताइएको छ।
प्रहरीले हात्तीको सुँड काट्नेको खोजी र घटनाको अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: ११:०६ बजे, बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











