Kathmandu Press

मेयर बालेन र साम्पाङबीच सिलाम साक्मा साटासाट

मेयर बालेन र साम्पाङबीच सिलाम साक्मा साटासाट

काठमाडाैं, चैत २१ : काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । मंगलबार मेयर साम्पाङ र बालेनबीच बालेनकाे कार्यकक्षमा भेट भएकाे हाे। 

खानेपानी आयोजनाका लागि बजेट माग्न काठमाडौं आएका मेयर साम्पाङलाई बालेनले भेट्न बोलाएका थिए ।

भेटका क्रममा किराँत संस्कृति अनुसार शुभको पहिचानको रुपमा रहेको सिलाम साक्मा मेयर साम्पाङले बालेनलाई लगाइदिएका छन् । साथै, बालेनले पनि मेयर साम्पाङलाई सिलाम साक्मा लगाइदिएका छन।

हर्कसँगको भेटपछि बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिलाम साक्माले मृत्युको बाटो छेके झैं, नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस् ।’

मेयर बालेनको सचिवालयका अनुसार दुई नगरहरु बीच भइरहेको पछिल्लो कामको गतिविधि, फोहोर एवम् फुटपाथ व्यवस्थापन लगायत विषयमा छलफल भएको छ ।

प्रकाशित मिति: २०:१४ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्