सल्यानमा भरूवा बन्दुक पड्किँदा एक बालिकाकाे मृत्यु, तीन घाइते

सल्यान, चैत २१ : सल्यानमा भरूवा बन्दुक पड्किँदा एक बालिकाकाे मृत्यु भएकाे छ। कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा बालिकाको मृत्यु हुनुकाे साथै तीन जना घाइते भएका छन।
मृत्यु हुनेमा ९ वर्षीया पुजा घर्ती रहेकी छिन। त्यस्तै, ३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार बेलबहादुर आलेको घरको आँगनमा राखेको भरुवा बन्दुक बालबालिकाले खेलाउँदै गर्दा पड्किएको थियो ।
घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुई जनाकाे नेपालगन्जमा उपचार भइरहेकेा छ।
प्रहरीले भरुवा बन्दुकसहित बेलबहादुर आलेलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: २०:०४ बजे, मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











