घट्यो हवाई भाडा [सूचीसहित]
![घट्यो हवाई भाडा [सूचीसहित]](https://kathmandupress.com/uploads/posts/airport1674898880.jpg)
काठमाडाैं, चैत २१ : हवाइ इन्धनकाे मूल्य घटेसँगै नेपाल वायुसेवा निगमले हवाई भाडा पनि घटाएकाे छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि वायुसेवाले भाडा अर्न्तगत 'फ्युल सरचार्ज' ५.९ प्रतिशले घटाएकाे हाे।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं–धनगढी सेक्टरको हवाई भाडामा ४ सय ४० रुपैयाँ 'फ्युल सरचार्ज' घटेको छ भने सबैभन्दा कम काठमाडौं सिमरा रुटमा ९० रुपैयाँ घटेको छ ।
नयाँ अनुमोदन भएको फ्युल सरचार्जबारे प्राधिकरणले मंगलबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलायन्स, यति, समिट एयर, तारा एयर, सीता एयरलायन्स र सौर्य एयरलायन्सलाई कार्यान्वयनका लागि पठाएको छ ।

प्रकाशित मिति: १९:३८ बजे, मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











