Kathmandu Press

न्यूजिल्यान्ड भ्रमणका लागि भारतीय टिमको घोषणा, धवनको स्थानमा सामसन र शाँ

काठमाडौं, माघ ८ : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई)ले न्युजिल्यान्ड भ्रमणका लागि भारतीय टिमको घोषणा गरेको छ । बिसिसीआईले बुधबार सन्जु सामस....

न्यूजिल्यान्ड भ्रमणका लागि भारतीय टिमको घोषणा, धवनको स्थानमा सामसन र शाँ

काठमाडौं, माघ ८ : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई)ले न्युजिल्यान्ड भ्रमणका लागि भारतीय टिमको घोषणा गरेको छ । बिसिसीआईले बुधबार सन्जु सामसन र पृथ्वी शलाई राख्दै टि–२० र ओडिआई सिरिजका लागि छुट्टाछुट्टा टिम घोषणा गरेको हो। 

सामसन र शाँ अहिले न्युजिल्यान्डमै छन् । दुवै भारतीय ए टिमबाट न्युजिल्यान्डसँग अभ्यास म्याच खेलिरहेका छन् । विकेटक किपर ब्याट्सम्यान सामसन टि–२० टिममा परेका छन् भने भर्खरै चोटमुक्त हुँदै मैदान फर्किएका ओपनिङ ब्याट्सम्यान शाँ ओडिआई टिममा छन्।

 अस्ट्रेलियाविरुद्ध बैंग्लोरमा भएको तेस्रो खेलमा फिल्डिङका क्रममा घाइते भएका ओपनर शिखर धवनको स्थानमा सामसन र शलाई भारतीय टिममा स्थान दिइएको हो । सामसनले भारतका लागि २ टि–२० खेल मात्र खेलेका छन् भन् शाँले २ टेस्ट मात्र खेलेका छन्।

 सामसनले सन् २०१५ जुलाई १९ मा जिम्माबेविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए, त्यसपछि उनले यसैमहिनाको सुरुवातमा भएको श्रीलंकाविरुद्धको टि–२० सिरिजको अन्तिम खेल खेलेका थिए । शले भने सन् २०१८ अक्टोबरमा भएको वेस्टइन्डिजविरुद्धका दुवै टेस्ट खेलेका थिए । त्यसयता उनी भारतीय टिमा पर्न असफल थिए।

 न्युजिल्यान्ड भ्रमणमा भारतले ५ टि–२० र ३ ओडिआई खेल्ने छ । टि–२० सिरिज २४ जनवरीबाट सुरु हुने छ भने ओडिआई सिरिज ५ फेब्रुअरीबाट सुरु हुने छ। 

को को छन् भारतीय टिममा? 

टि–२०

विराट कोहली, रोहित शर्मा, केएल राहुल, सन्जु सामसन, श्रेयस ऐयर, ऋषव पन्त, मनिष पाण्डे, शिवम दुवे, वासिङ्टन सुन्दर, रवीन्द्र जडेजा, कुलदीप यादव, युजभेन्द्र चहल, जस्प्रित बुमराह, मोहम्मद सामी, नवदीप सैनी र शार्दुल ठाकुर।

ओडिआई 

विराट कोहली, रोहित शर्मा, केएल राहुल, पृथ्वी शाँ, श्रेयस ऐयर, ऋषव पन्त, मनिष पाण्डे, केदार जाधव, शिवम दुवे, रवीन्द्र जडेजा, कुलदीप यादव, युजभेन्द्र चहल, जस्प्रित बुमराह, मोहम्मद सामी, नवदीप सैनी र शार्दुल ठाकुर।
 

प्रकाशित मिति: १७:३५ बजे, बुधबार, माघ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्