Kathmandu Press

सीमावर्ती जिल्लाका सुरक्षा कमाण्डरलाई सशस्त्र प्रहरी प्रमुखले गराए सजग

सशस्त्र प्रहरी बलका सीमा व्यवस्थापन र राजश्व संकलनमा त्रुटी भए मूख्यालयले जिम्मेवारीविहीन बनाउने भन्दै प्रहरी अधिकारीलाई सचेत गरिएको छ ।
सीमावर्ती जिल्लाका सुरक्षा कमाण्डरलाई सशस्त्र प्रहरी प्रमुखले गराए सजग

काठमाडौं, चैत २१ : मधेश प्रदेश र लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लामा तस्करी र राजश्व चुहावट बढेको गुनासो आएपछि सशस्त्र प्रहरी मुख्यालयले ती जिल्लामा कमाण्ड गर्ने प्रहरी अधिकारीलाई डाकेर सचेत गराएको छ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोकमा सशस्त्रका आईजीपी राजु अर्यालसहित वरिष्ठ अधिकृत एवम् मधेश प्रदेश र लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लाका प्रहरी अधिकारीबीच छलफल भएको छ।

Hardik ivf

छलफपछि निर्देशनका क्रममा सशस्त्र प्रहरी बलका सीमा व्यवस्थापन र राजश्व संकलनमा त्रुटी भए मूख्यालयले जिम्मेवारीविहीन बनाउने भन्दै प्रहरी अधिकारीलाई सचेत गरिएको छ । सीमा क्षेत्रमा क्रियाशील सशस्त्र प्रहरी अधिकारीहरुलाई गम्भीर भएर कार्य गर्न निर्देशन दिँदै मंगलबार कार्यक्षेत्रमै फिर्ता पठाइएको छ ।

‘संगठन सुधार र आचरणमा गम्भीर हुनुप¥यो । उपस्थितिले मात्र हुँदैन, परिणाम चाहिन्छ । त्रुटि भए मुख्यालयले जिम्मेवारीविहीन बनाउने छ,’ सशस्त्र प्रहरी प्रमुख अर्यालले निर्देशन दिँदै भने।

यस्तै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले पनि संगठन सुधारमा केन्द्रित हुन जरुरी रहेको बताउँदै अनुशासन र कर्तव्यनिष्ट भए मात्र सफलता हासिल गर्न सकिने निर्देशन दिएका थिए ।

अर्का एआईजी चन्द्रप्रकाश गौतमले सशस्त्र प्रहरीलाई प्राप्त म्याण्डेटअनुसार सीमा क्षेत्रमा परिचालित हुँदा बढी चनाखो र आउन सक्ने चुनौतीको पूर्वानुमान गरिनुपर्ने भनाई राखेका थिए । सीमा क्षेत्रमा संवेदनशील भइ चुस्त र दुरुस्त ड्युटीमा परिचालन हुन एआइजी गौतमको निर्देशन थियो ।

छलफलका क्रममा मधेश प्रदेश र लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लाको पछिल्लो अवस्थाबारे नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपतिहरुद्धारा प्रस्तुतिकरण समेत गरिएको थियो ।

 

प्रकाशित मिति: १६:४२ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्