Kathmandu Press

प्रसाद २को प्रदर्शन रोक्न उच्च अदालतको अल्पकालीन आदेश

उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले मंगलबार फिल्मको प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको हो।
प्रसाद २को प्रदर्शन रोक्न उच्च अदालतको अल्पकालीन आदेश

काठमाडौैं, चैत २१ : यसैसाता प्रदर्शनमा आउने लागेको फिल्म ‘प्रसाद २’को प्रर्दशन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले मंगलबार फिल्मको प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको हो।

फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

चलचित्र विकास बोर्डमा पनि उजुरी दिन खोजे पनि बोर्डले उजुरी दर्ता नगरेपछि पाण्डे चलचित्रको प्रदर्शन रोक्नुपर्ने माग राखेर उच्च अदालत पुगेका थिए।

पाण्डेको रिटमा थप सुनुवाइ गर्न उच्च अदालतले २६ गते दुवै पक्षलाई बोलाएको छ। चलचित्र निर्माण सुरु हुनुअघि नै पाण्डेलाई प्रसाद २ को निर्माताका रुपमा चिनाइएको थियो । तर अहिले चलचित्रको उनको नाम छैन।

प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्